Logo

यामाहाको स्कुटर टेस्ट राइड बिजेता घोषणा, लक्ष्मणले जिते आइफोन ७

यामाहाको स्कुटर टेस्ट राइड बिजेता घोषणा, लक्ष्मणले जिते आइफोन ७


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटर टेस्ट राइड क्याम्पेनको विजेता घोषणा गरेको छ । यामाहा मोटरसाइकल र स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लुले लक्की ड्रमार्फत बिजेता छनौट गरेको हो । कम्पनीले हिमालय टेलिभिजनको कार्यक्रम ‘इभिनिङ सो एट ६’ मार्फत प्रत्यक्ष प्रशारणमार्फत लक्की ड्र गरी विजेताको घोषणा गरेको हो ।

टेकुस्थित यामाहा सोरुम डी एन्ड डी अटो लिंकमा टेस्ट राइड गरेका लक्ष्मण दानीले उक्त लक्की ड्रमार्फत आइफोन ७ जितेका हुन् । एक महिनासम्म संचालन भएको टेस्ट राइडमा स्कुटरप्रेमीहरुलाई यामाहा स्कुटरको टेस्ट राइड गर्न आह्वान गरिएको थियो ।

यसैबीच, एमएडब्लले आफ्नो ‘भ्यालेन्टाइन विक क्याम्पेन’को विजेताको नाम समेत सार्वजनिक गरेको छ । एक साता चलेको यो योजनामा जीवन कुमार मगर र रोमाञ्च डल्लाकोटीले गाइ लरोन्चे ह्यान्ड ब्याग, इश्वर रञ्जन थापाले गिर्गियो अर्मानी पफ्र्युम, सुनिल मानन्धरले बोस ओरेन्ज सनग्लास, लक्ष्मी कार्की र निलोफर प्रविणले टिसोन घडी र निनु माया गुरुङले गुच्ची पर्फुयम जित्न सफल भएका छन् ।
थियो । विजेताहरुको नाम घोषणा गर्दै एमएडब्लु इन्टरप्राइजेजका सह–महाप्रबन्धक दिपकराज गिरीले यामाहाको ‘फेसनेबल्ली प्रिमियम स्कुटर क्याम्पेन’मा ग्राहकहरुको रोमाञ्चक उपस्थिति भएको बताए । यो अभियानमा १२ सयभन्दा बढीले टेस्ट ड्राइभ गरेको र जसले गर्दा कम्पनीलाई थप हौसला बढेको उनले गिरीको भनाइ थियो ।

एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेलका स्कुटर उपलब्ध गराउँदै आएको छ । साथै, नेपालमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज समेत बढी भएको कम्पनीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL