Logo

आस्वालाई प्रभावकारी बनाउन बोर्डले शुरु गर्यो छलफल, अनलाईबाटै सेयर आवेदन दिन सकिने

आस्वालाई प्रभावकारी बनाउन बोर्डले शुरु गर्यो छलफल, अनलाईबाटै सेयर आवेदन दिन सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीलाई सहज रुपमा कार्यान्वयनमा ल्याउने सम्बन्धमा छलफल शुरु गरको छ ।

साथै आस्वा प्रणालीलाई अझ प्रभावकारी बनाउन बोर्डबाट आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रक्रिया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सजग गराईएकोे समेत गराएको थियो । साथै केही बैंकहरुले अनलाईनबाट समेत सेयर फारम भर्न मिल्ने व्यवस्था गराएकोमा सो सम्बन्धमा समेत निरीक्षण गरिएको छ ।

निरीक्षणबाट आएको निचोडको आधारमा बोर्डले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोर्डमा बोलाएर आस्वा प्रणालीको सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलका क्रममा सहभागीहरुबाट आस्वा शुल्कलाई परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझबहरु राखेका थिए । सो सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लि. को सहकार्यमा सम्पूर्ण आस्वा सदस्यहरुलाई विन्डोज प्रदान गरी डाटामा पहुँच दिई पूर्ण अनलाईन आस्वा प्रणालीको बिकास गर्ने सम्बन्धमा समेत छलफल भई सोही बमोजिम सिडिएससी, मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधी लगायतसंग छलफल गरी आवश्यक कार्य अगाडि बढाइएको बोर्डले जाकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL