Logo

बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक, मूल्य ४ लाख ६९ हजार ९ सय

बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक, मूल्य ४ लाख ६९ हजार ९ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । नयाँ डोमिनार ४०० ले अन्य मोटरसाइकल भन्दा रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

त्यस्तै यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३ दशमलव ३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन छ । यसमा ३५ पिएस २८००० आरपीएम ८ अधिकतम टर्क ३५एनएम २ ६५०० सम्म दिन सक्ने क्षमता रहेको छ । यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ भने १४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ ।
डोमिनार ४०० ले ० देखि १ सय किलोमिटर प्रतिघण्टाको गति ८ दशमलव २३ सेकेण्डमा नै तय गर्ने समेत कम्पनीले जानकारी दिएको छ ।

केबल ४६ दशमलव १९ मिटरमा १ सय किलोमिटर प्रतिघण्टाबाट शुन्यमा ब्रेकिंग गर्न सकिन्छ । यसमा भएको एडभान्स लिक्विड कुलिंग सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राको लागि सहज बनाउँछ । यसमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिंगलाई सुरक्षित बनाएको छ ।

यो बाइकमा ११०÷७० सेक्सन टायर फ्रन्टमा र १५०/६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ । डोमिनार ४०० पेरिमिटर ससक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टील स्वींगआमले ससक्त यात्राको अनुभूती दिन्छ ।

यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टि स्टेप एडजस्टेबल मोनो सक राखिएको छ । डोमिनार ४०० मा यस बाइकको श्रेणीमा फूल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले यूनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ ।

यो मोटरसाइकलमा १४५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउण्ड क्लियरेनस १५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ । १ सय ८२ केजीको यो मोटरसाइकलको बजार मूल्य .४ लाख ६९ हजार ९ सय तोकिएको  छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले डिजाइन र इन्जिन प्रविधिको क्षेत्रमा, बजाजले सधैँ सर्वोत्कृष्ट उत्कृष्टता प्रस्तुत गर्दै आएकोमा यो अतिरिक्त शक्तिशाली मोडल भित्र्याएको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL