Logo

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि उच्च गिरावट

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि उच्च गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । शुक्रबार सुनको मूल्य एकै पटक ५ सय रुपैयाँले घटेको छ ।

बजारमा सुनको मूल्य घट्दै प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ । दैनिक तोलाको ५ रुपैयाँले घटवढ भइरहेको चाँदीको मूल्यमा आज २० रुपैयाँले ओरालो लागेको छ । बजारमा चाँदीको मूल्य घट्दै प्रतितोला ८ सय १५ रुपैयाँमा करोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL