Logo

प्रतितोला ५६ हजारबाट ओरालो लाग्यो सुन, केही दिनयता चाँदी स्थिर

प्रतितोला ५६ हजारबाट ओरालो लाग्यो सुन, केही दिनयता चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । केही समयसम्म प्रतितोला ५६ हजार रुपैयाँभन्दा माथी कारोवार भइरहेको सुन आज घटेको छ ।

बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बुधबार सुनको मूल्य घट्दै प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

केही समय यता स्थिर रहेको चाँदीको मूल्य आज पनि घटवढ भएको छैन । चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL