Logo

नेप्सेमा परेन चुनावको प्रभाव, दिनभर उत्तरचढाव हुँदा अन्त्यमा साढे ७ अंकले घट्यो

नेप्सेमा परेन चुनावको प्रभाव, दिनभर उत्तरचढाव हुँदा अन्त्यमा साढे ७ अंकले घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले चुनावको मिती घोषणा गरेसँगै उकालो लाग्ने आशा गरेपनि नेप्से परिसूचक  त्यसको ठिक विपरित ओरालो लागेको छ । मंगलवार बजार खुलेको केही समयसम्म नेप्से परिसुचक उकालो लागेपनि नेप्से ७ दशमलव ५४ अंकले ओरालो लागेको छ ।

सो दिन सेयर बजार १ हजार ३ सय ५७ दशमलव ५७ अंकमा झरेर बन्द भएको हो । मंगलवार वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ३८ अंकले घटेको छ ।

त्यस्तै जलविद्युत १० दशमलव ३२,फाइनान्स ८ दशमलव ३८,बैंकिङ ५ दशमलव ५ र अन्य समुह ० दशमलव २९ अंकले ओरालो लागेको छ । यता होटल,विकास बैंक र उत्पादन समुह भने क्रमशः १४ दशमलव २८,२ दशमलव ७८ र २ दशमलव ५६ अंकले उकालो लागेको छ ।

मंगलवार १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता सेयरबाट ६० करोड ४३ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL