Logo

बीमा र बैंकिङ समुहले उचाल्यो बजार, परिसुचक र कारोवार दुवै उकालो

बीमा र बैंकिङ समुहले उचाल्यो बजार, परिसुचक र कारोवार दुवै उकालो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिनदेखि बढ्न शुरु गरेको नेप्सेले आज पनि निरन्तरता दिएको छ ।

बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तत २८ दशमलव ३६ अंकले उकालो लागेको छ । १३ सयअंकभन्दा तल ओर्लिएको बजारमा पुनः बढ्दै १ हजार ३ सय ४५ अंकमाथी पुगेको छ ।

विहीबार बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ९५ अंकले उकालो लागेको छ । बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २६ दशमलव ३४ अंकले बढ्न पुग्दा बजारमा उच्च अंकको सुधार आएको हो ।

यसैगरी विकास बैंक समुहको परिसुचक २४ अंकले उकालो लाग्दा होटल समुह पनि सोही रुपमा बढ्न पुगेको छ । फाइनान्स समुह ११ अंकले बढेको छ भने जलविद्युत १४ अंकले बढ्न पुगेको छ ।

बजारमा दिनभर १ सय ४५ कम्पनीको सेयर कारोवार भएका छन् भने कारोवार रकम पनि बढेको छ । बजारमा ६५ लाख ७१ लाख रुपैयाँको २६ लाख ६५ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । जसमा बैंक अफ काठमाडौं लुम्बिनीको ४ करोड रुपैयाँभन्दा माथी कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL