Logo

नेपाल लाइफले दियो २६ प्रतिशत बोनस सेयर, एफपीओ भरेकाले पनि पाउने

नेपाल लाइफले दियो २६ प्रतिशत बोनस सेयर, एफपीओ भरेकाले पनि पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाललाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेश गरेपनि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी पश्चात २६ दशमलव ३१ प्रतिशत हुन आउनेछ । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गराउने भएको छ ।

इन्स्योरेन्सले ६१ करोड ९२ लाख रुपैयाँ बरावरको बोनस सेयरको लागि कर प्रयोजनका लागि ३ करोड २५ लाख रुपैयाँ नगद लाभांश समेत दिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL