Logo

नेप्से ३ अंकले बढ्दा कारोवार ३० करोडमा सिमित, एउटैले किन्यो प्रभुको ६ करोडको सेयर

नेप्से ३ अंकले बढ्दा कारोवार ३० करोडमा सिमित, एउटैले किन्यो प्रभुको ६ करोडको सेयर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । धितोपत्र बोर्डले प्रभु बैंकको सेयर कारोवार खुला गरेसँगै सो बैंकको संस्थापक सेयरको कारोवार उच्च रुपमा बढेको छ । आइतबार एकै व्यक्तिले प्रभु बैंकको ६ करोड ३ लाख रुपैयाँ बरावरको संस्थापक सेयर खरिद गरेको छ ।

आइतबार ५९ नम्बर ब्रोकरले प्रभु बैंकको ३ लाख कित्ता सेयर खरिद गरेको छ । उक्त सेयर ४५ नम्बर ब्रोकरले विक्री गरेको थियो । बजारमा प्रभु बैंकको संस्थापक सेयर खरिदविक्री हुँदा कारोवार रकम समेत बढ्न पुगेको छ । प्रभुको संस्थापक सेयरको मूल्य आज पनि स्थिर रही प्रतिकित्ता २ सय १ रुपैयाँमा कारोवार भएको छ । गत हप्ता पनि प्रभुको २० करोड रुपैयाँ बरावरको संस्थापक सेयर खरिदविक्री भएको थियो ।

बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत ३ दशमलव २८ अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक ५ दशमलव ३९ अंकले उकालो लाग्दा समग्र नेप्से परिसुचक बढ्न पुगेको छ । दिनभर बीमा, उत्पादनमुलक तथा होटल समुहको परिसुचक बढेका छन् ।

आइतबार २९ करोड ९१ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । प्रभुको संस्थापक सेयर ६ करोड रुपैयाँको किनवेच हुँदा अन्य कम्पनीको भने २ करोड रुपैयाँभन्दा कम नै कारोवार भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL