Logo

क्यान इन्फोटेक एशोसियशन विथ सामसुङको आकर्षण, ब्रोडब्याण्ड र कम्युनिकेशन

क्यान इन्फोटेक एशोसियशन विथ सामसुङको आकर्षण, ब्रोडब्याण्ड र कम्युनिकेशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यस पटकको ‘सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मुख्य आकर्षणमा ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजी रहने भएको छ । मेलामा ब्रोडब्याण्ड इन्टरनेटमा विशेष छुटका साथै उच्च गतिको इन्टरनेट आकर्षण बन्ने आयोजकको दावी छ ।

आगामी माघ १३ गतेदेखि ६ दिनसम्म चल्ने उक्त मेलामा टेलिफोन तथा मोवाइल कम्पनीहरुको विशेष छुट तथा आकर्षक उपहार, आधुनिक प्रविधिका मोवाइल तथा ल्यापटप तथा हाल उपलब्ध अपडेटेड भर्सनका सफ्टवेयरहरु पाइने छ ।

मेलामा विश्वबजार उपलब्ध मोवाइलहरु पाइनुका साथै सुचना प्रविधिको क्षेत्रमा ठूलो चुनौतिको रुपमा देखिएको साइवर क्राइमको वारेमा समेत जानकारी दिइने छ ।

मेलाको मुख्य प्रर्दशनी हलभित्र ४९ वटा र हल वाहिर वटा ब्राण्डिङ कक्षहरु रहनेछन् । यसैगरी, ट्रष्टमा १ सय ४४ स्टल र १४ वटा ओपस स्पेस रहने छ भने १० वटा फुड स्टल रहनेछ । सवैगरी मेलामा कुल २ सय २२ स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा हार्डवेयर विक्री तथा मर्मत, पावर सोलुसन्स, मोवाइल एसोसरिज, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, आइटी कलेज तथा इन्स्टीच्युटहरुको उपस्थिती रहनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL