Logo

महिन्द्राको इलेक्ट्रिकल भेइकल इ २० स्पोर्ट बजारमा, मूल्य २६ लाख

महिन्द्राको इलेक्ट्रिकल भेइकल इ २० स्पोर्ट बजारमा, मूल्य २६ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महिन्द्राको इ२० स्पोर्टज बजारमा भित्रिएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले सो इलेक्ट्रीक भेइकल भित्र्याएको हो । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु.२६ लाख तोकिएको छ ।

laxmi

महिन्द्रा ई२० को स्पोर्ट्स् भेरिएन्ट यस कारमा विभिन्न डुअल एयरव्याग, एबीएस, फास्ट चार्जिङ तथा रियर वाइपर रहेका छन । १ सय २७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ ।

लेदर सिटका साथ प्रिमियम स्टाइलिङ , ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल पनि यसमा रहेका छन् । महिन्द्रा इ २० स्पोर्टज १ सय किलोमिटर प्रति घण्टाको टप स्पिड दिन सक्षम छ ।

महिन्द्रा ई२०को अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको पाएको र इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने दिन धेरै टाढा नभएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL