Logo

एचटिसीको हरेक साता उपहार योजना, फेसबुकमार्फत डिजायर फोन प्राप्त

एचटिसीको हरेक साता उपहार योजना, फेसबुकमार्फत डिजायर फोन प्राप्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एचटिसी मोबाइले ‘एचटिसी बाई जेननेक्स्ट कन्टेस्ट’ उपहार योजना ल्याएको छ । एचटिसीको नेपालको लागि आधिकारिक बितरक जेननेक्स्टले ल्याएको उक्त उपहार योजना अन्तर हरेक साता एचटिसी डिजायर फोन जित्न सक्नेछन् । यसबाहेक हरेक एचटिसी खरिदकर्ताले सिने डे सेफको दुईवटा मुभी टिकेटहरु प्राप्त गर्नेछन् ।

न्यूरोड भइरहेको मोबाइल महोत्सवको अवसर पारेर उक्त उपहार योजना घोषणा गरेको हो । कन्टेस्टमा सहभागी हुनका लागि, न्यूरोड मोबाइल महोत्सवमा राखिएको एचटिसीको लोगो भएको बोर्डको अगाडि बसेर सेल्फी खिच्नुपर्नेछ र उक्त फोटोलाई जेननेक्स्टको फेसबुकमा म्यासेजमार्फत पठाउनुपर्नेछ ।

उक्त फोटोलाई कन्टेस्ट पेजमा राखेर लाइकको आधारमा विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । यो कन्टेस्ट अभियानको अन्तिममा सबैभन्दा धेरै लाइक पाउने फोटोले एचटिसी डिजायर ६२६ प्लस मोबाइल जित्न सक्नेछ । यो कन्टेस्ट जनवरी २ तारिख २०१७ सम्म संचालन हुनेछ । सहभागी प्रतिस्पर्धिहरुले जनवरी ३ तारिखसम्म आफ्नो फोटोमा लाइक बढाउन सक्नेछन् ।

यदि सहभागीहरुमध्ये बराबर लाइक प्राप्त गरेमा भाग्यशाली गोलाप्रथाद्धारा बिजेताको छनौट गरिनेछ । उपभोक्ताहरुलाई उत्साहित बनाउन तथा जेननेक्स्टको आधिकारिक उत्पादनहरुको प्रबद्र्धन गर्न “बाई जेन्यून वेबसाइट चेक आईएमईआई” कन्टेस्ट पोस्ट गर्ने मोबाइल महोत्सवको अफरमा घोषणा गरेको छ । यो कन्टेस्ट यहि जनवरी २ तारिखदेखि जनवरी ३० तारिखसम्म लागू हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL