Logo

नक्सालमा खुल्यो आइएमएस मोटर्सको शोरुम, कोरियाली राजदूतले गरे उद्घाटन, ५ लाखसम्म छुट

नक्सालमा खुल्यो आइएमएस मोटर्सको शोरुम, कोरियाली राजदूतले गरे उद्घाटन, ५ लाखसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमएस माटर्सले नक्सालमा आफ्नो एक्स्क्लुसिभ शोरुम संचालनमा ल्याएको छ । आईएमएस ग्रूप अन्तरगतको कोरियाली मोटर निर्माता कम्पनी साङयोङको नेपाल स्थित आधिकारीक विक्रेता आइएमएस मोटर्सले उक्त शोरुम संचालमा ल्याएको हो ।

साङयोङको प्रिमियम लक्जरी गाडीको विक्रीवितरणका लागि नक्साल प्रहरी हेडक्वार्टर अगाडि मुख्य शोरुम संचालमा ल्याएको हो । शोरुमको उद्घाटन नेपालका लागि दक्षिण कोरियिाका राजदूत यंग जिनले गरेका हुन् । साथै, उद्घाटनमा आइएमएस ग्रूपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्रा सहभागी थिए ।
syangyong_moters

शोरुम उद्घाटन तथा क्रिश्मस र नयाँ वर्ष २०१७ को अवसरमा कम्पनीले साङयङको गाडी खरिदमा ५ लाख रुपैयाँसम्म नगद छुटको घोषणा गरेको छ । सो अफर आजदेखि ६ जनवरी २०१७ सम्मलागू हुने कम्पनीले जनकारी दिएको छ ।

आइएमएसले प्रशस्त पार्किङको व्यवस्था सहित नयाँ शोरुम संचालनमा ल्याएको छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पुर्याउन तालीम प्राप्त कर्मचारी तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ । यसैगरी, आइएमएस मोटर्सले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर झनै विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले केही समयभित्रै एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टर समेत स्थापना गर्ने जानकारी दिएको छ । हाल साङयङका ५आधिकारिक सर्भिस सेन्टरहरु रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL