Logo

अधिकांश समुह ओरालो लाग्दा ९ अंकले घट्यो सेयर बजार, ६० करोड २५ लाखको कारोवार

अधिकांश समुह ओरालो लाग्दा ९ अंकले घट्यो सेयर बजार, ६० करोड २५ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ९ दशमलव २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ४४ दशमलव ६८ अंकमा झरेर बजार बन्द भएको हो ।

बिहीवार बजारमा १ सय ३४ ओटा कम्पनी कारोवारमा आएका थिए । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीको सवैभन्दा बढी १६ करोड ५५ लाखको कारोवार भएको छ । त्यस्तै एभरेष्ट बैंक लिमिटेडको ३ करोड ६६ लाखको कारोवार भएको छ । सो दिन ७ लाख कित्ता सेयरबाट ६० करोड २५ लाखको कारोवार भएको छ ।

बिहीवार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेको छ । सो दिन बीमा समुह सवैभन्दा बढी ४५ दशमलव १७ अंकले घटेको छ ।

त्यस्तै जलविद्युत २६ दशमलव ७५,बैंकिङ ९ दशमलव ३२,अन्य ६ दशमलव ९४, विकास बैंक ५ दशमलव २३ र होटल समुह २ दशमलव ५८ अंकले ओरालो लागेको छ । यता फाइनान्स समुह भने ० दशमलव ७ अंकले उकालो लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL