Logo

ललितपुर मलमा भदौ २४ गतेदेखि मोबाइल एक्स्पो, मोवाइल खरिदमा ७० प्रतिशतसम्मको छुट

ललितपुर मलमा भदौ २४ गतेदेखि मोबाइल एक्स्पो, मोवाइल खरिदमा ७० प्रतिशतसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तरराष्ट्रियस्तरको मल्टिब्राण्ड मोबाइल शोरुम रहेको मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।

महोत्सव भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने बताइएको छ । पत्रकार सम्मेलनमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार प्राप्त गर्ने उनले जानकारी दिए ।उनका अनुसार एक्स्पोमा न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखिएको छ ।

कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले यस क्षेत्रको आर्थिक र व्यवसायीक विकास गर्न मलले प्रयास गरिरहेको जानकारी दिए । साथै मलमा आउने हरेक ग्राहकहरुलाई नयाँ नयाँ सुविधाहरु प्रदान गरिरहेको बताए । मलले आगामी दिनमा अत्याधुनिक सुविधासहितको सिनेमा हल, नेपालमा नै पहिलो पटक लिफ्टबाट पार्किङलगायतको सुविधा उपलब्ध गराउने जानकारी दिए ।

एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दिईनेछ ।

एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ । एक्स्पोमा हरेक प्रकारका ग्याजेट्स तथा एसेसरिजपनि उपलब्ध हुनेछ । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिनेछ ।

ललितपुर मोबाइल कम्प्लेक्समा एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । असोज ३ गतेसम्म आयोजना हुने यो मोबाइल कम्प्लेक्समा न्यूनतम रु ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL