Logo

अर्थमन्त्रीले भने, नाकाबन्दी १ हप्ताभित्र खुल्नेछ, आर्थिक सम्बृद्धि तर्फ लाग्न आग्रह

अर्थमन्त्रीले भने, नाकाबन्दी १ हप्ताभित्र खुल्नेछ, आर्थिक सम्बृद्धि तर्फ लाग्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हाल देशमा देखिएको समस्या १ हप्ताभित्रै समाधान हुने बताएका छन् । ‘संविधानमा देखिएको विवादित विषयमा छलफल गरी १ हप्ताभित्रै परिमार्जन गर्ने तयारी गरेका छौं,’ चेम्वर एक्स्पो उद्घाटनको क्रममा उनले भने, ‘संविधान परिमार्जन भइनसक्दै सीमापारी तथा वारी देखिएका सवैखाले समस्या समाधान हुनेछ ।’

हाल उद्योगी व्यवसायी समस्यामा परेको भन्दै सोका लागि सरकारले पुनर्उत्थान कोष ल्याएको समेत उनले जानकारी दिए । ‘व्यवसायीकै समस्या समाधानका लागि सरकारले यो कोष ल्याएको हो,’ उनले भने, ‘तर, यो नै सवै थोक होइन ।’ सरकार र व्यवसायी एक रथका दुई पाङग्रा भएको बताउँदै यस विषम परिस्थितीमा सवैले साथ दिन समेत आग्रह गरे । हाल अधिकारका लागि राजनीतिक लडाइको चरण पार भएको बताउँदै अव सवैको ध्यान आर्थिक संबृद्धितर्फ हुनुपर्ने समेत उनको भनाइ थियो ।

heritage

कार्यक्रममा एक्स्पोको कन्ट्री पाटर्नर दक्षिण कोरियाको नेपालका लागि राजदूत स्यो योङ जिनले मेलाले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउने बताए । हाल दक्षिण कोरियाले नेपाललाई वार्षिक ५ करोड अमेरिकी डलर सहयोग गर्दै आएकोमा आगामी दिनमा अझै बढी सहयोग गर्ने समेत उनको भनाइ थियो । साथै, एक्स्पोमा एउटै स्टलबाट दक्षिण कोरियामा निर्मित गुणस्तरीय सामान सुपथ मुल्यमा पाइने समेत उनले जानकरी दिए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक्स्पोले नेपाली बस्तुको अन्तरराष्ट्रिय स्तरमा ब्राण्डिङ गर्न सहयोग पुर्याउनुका साथै विभिन्न देशबीच आर्थिक सम्बन्ध विस्तार गर्न समेत सहयोग पुग्ने बताए । ‘मेलामा विभिन्न देशका व्यवसायीबीच अन्तरिक संवाद तथा भेटघाट हुने मौका मिल्नेछ,’ उनले भने, ‘जसले गर्दा आगामी दिनमा विभिन्न देशसँग व्यापार व्यवसाय गर्न सहयोग पुग्ने छ ।’ आजदेखि शुरु भएको एक्स्पो ५ दिनसम्म चल्ने छ ।

एक्स्पोमा २ सय वटा स्टल रहेका छन् भने जसमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका विभिन्न पेभेलियन छन् । एक्स्पोमा अवलोकन कर्ताले रुचिअनुसारका उपभोग्य सामाग्रीहरु एकै थलोमा खोज्न र किनमेल गर्न सक्नेछन् । मेलामा अटो मोवाईल, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक्स, फ्लोरिङ तथा फर्र्नििसङ, घरेलु उपकरणहरु, भान्सा, फेसन वेयर, मोबाईल लागयतका सामग्री रहेका छन् । मेलाको मुख्य प्रायोजक हेरिटेज कार्पेट रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL