Logo

नेप्सेमा ४ अर्ब १५ करोड कारोबारको नयाँ रेकर्ड बन्यो, परिसूचकमा ५१ अंकको वृद्धि

नेप्सेमा ४ अर्ब १५ करोड कारोबारको नयाँ रेकर्ड बन्यो, परिसूचकमा ५१ अंकको वृद्धि



काठमाडौं । पछिल्लो समय बढिरहेको नेप्से परिसूचकले बुधबार पनि त्यही गति लिएको छ । बुधबार विहानैदेखि उकालो लागेको नेप्से परिसूचक उत्तारचढावका साथ ५० दशमलव ९१ विन्दुले बढेर रोकिएको हो ।

laxmi

लगातार बढिरहेको नेप्से परिसूचक बढ्दै बुधबार १५ सय ९६ विन्दुमा पुगेको छ । बुधबार १ सय ८० कम्पनीका ९९ लाख ६ हजार ९ सय ९ कित्ता किनबेचमार्फत ४ अर्ब १५ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै कीर्तिमानी कारोबार रकम हो ।

बुधबार सबैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । जिवन बीमा समूहको परिसूचक ५ सय ७१ अंकले बढ्दा निर्जिवन बीमा समुहको परिसूचकमा भने २ सय ३३ अंकको वृद्धि भएको छ । यस्तै म्यानुफ्याक्चर्स समुहको परिसूचकमा १ सय ४२ अंकको सुधार आएको छ ।

बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ क्षेत्रको परिसूचक भने बुधबार ५० अंकले बढेको छ भने होटल समुहको परिसूचक ७० अंकले उकालो लागेको छ ।

बुधबार कुनैपनि कम्पनीको कारोबार २२ करोडभन्दामाथि भएन । नेपाल लाईफ ईन्स्योरेन्सको कुल २१ करोड ९९ लाख बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्टको १८ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL