Logo

१ लाख ३५ हजारले अवलोकन गर्दै सकियो हस्तकला मेला, ९ करोडको ब्यापार

१ लाख ३५ हजारले अवलोकन गर्दै सकियो हस्तकला मेला, ९ करोडको ब्यापार



काठमाडौं । कार्तिक २८ गते देखि शुरु भएको १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आईतबार सम्पन्न भएको छ ।

५ दिन सम्म चलेको उक्त मेलामा ८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएका छन । उनका अनुसार ५ दिन सम्म चलेको सो मेलामा करिब १ लाख ३५ हजार जनाले मेला अवलोकन गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा भएको उक्त मेलामा छालाका ज्याकेट, पश्मिना, मैनको मूर्ति, ढाका बुनाई, काष्ठकला, धातुकला, सुनचाँदी तथा फेल्टका सामानहरु प्रर्दशनीमा राखेको थियो ।

साथै उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु समेत प्रर्दशनीमा राखिएका थिए ।

उक्त मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगितामा सहभागि १५ जनालाई प्रमाणपत्र तथा प्रथम हुनेलाई नगद ५० हजार पुरष्कार समेत प्रदान गरिएको छ ।

प्रतियोगितामा ‘मैनको मूर्ति’ बनाउने मनोज शाक्य र ‘ढाका बुनाई’ मा चुना वास्तोला प्रथम भएका छन । शाक्य र वास्तोलालाई नगद ५० हजार पुरष्कार सहित प्रमाण पत्र वितरण गरेको उपाध्यायले जानकारी दिएका छन ।

उनका अनुसार उत्कृष्ट प्याभिलियन स्टल तर्फ सवा नेपालले १ लाख रुपैयाँ हात पारेका छन भने उत्कृष्ट स्टल तर्फ एनपी क्यासमिर हाउस एण्ड ह्याण्डीग्राफ्ट नेपालले २५ हजार पुरष्कार जितेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL