Logo

सोमबारदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोरबिजोर लागू हुने, यस्तो छ गृहको निर्देशन

सोमबारदेखि दुई पाङ्ग्रे सवारीमा पनि जोरबिजोर लागू हुने, यस्तो छ गृहको निर्देशन



काठमाडौं । सोमबार २ पांग्रे निजी सवारी साधन (मोटरसाइकल र स्कुटर) मा समेत जोरबिजोर लागु हुने भएको छ । गृह मन्त्रालयले आईतबार सोमबार देखि २ पांग्रेमा पनि जोरबिजोर प्रणाली लागु हुने बताएको हो ।

laxmi

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले ४ पांग्रेलाई निजी सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु गरेपनि २ पांग्रेमा भने के गर्ने स्पष्ट गरेको थिएन । तर मन्त्रिपरिषदले २ पांग्रेमा २ जना बस्न नपाउने निर्णय गरेको थियो ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्ने अन्योलता सिर्जना भएको भन्दै गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोरबिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

सोमबार देखि २ पांग्रे सवारीसाधनहरु जोर गने जोर र विजार गते बिजोर सवारी संचालन हुने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL