Logo

७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन ढकाल पक्षको महासंघमा निवेदन दर्ता

७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन ढकाल पक्षको महासंघमा निवेदन दर्ता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यमितिको बैंठक बोलाउन माग सहित निवेदन दर्ता भएको छ । अध्यक्ष भवानी राणाले महासंघको विधान विपरित निर्णय गर्न थालेपछि ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन महासंघ सचिवालयमा निवेदन दर्ता गरिएको एक केन्द्रिय सदस्यले जानकारी दिए ।

laxmi

विशेषगरी बिहीबार बसेको महासंघ पदाधिकारी बैंठकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर महासंघको यहि साउन २६ र २७ गते हुने भनिएको महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन स्थगित गर्ने निर्णय गरेसँगै वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल पक्षले ७ दिनभित्र कार्यसमिति बैंठक बोलाउन माग गर्दै शुक्रबार (आज) निवेदन दर्ता गराएको हो । महासंघको असार ८ गते बसेको केन्द्रिय कार्यसमिति बैंठकले पदाधिकारी बैंठकले दैनिक कामकाज बाहेक महत्वपूर्ण निर्णय गर्न नपाउने व्यवस्था गरेपनि बिहीबार बसेको बहुमतको आधारमा निर्वाचन नै स्थगित गरेपछि तत्काल कार्यसमिति बैंठक बोलाउन माग गरेको हो ।

महासंघको केन्द्रिय कार्यसमिति बैंठक बोलाउनका लागि माग गर्न २५ प्रतिशत सदस्यहरुको हस्ताक्षर सहित निवेदन दिनुपर्छ । सोही अनुरुप महासंघको पदाधिकारी सहित २२ जना कार्यसमिति सदस्यको हस्ताक्षर सहित ७ दिनभित्र बैंठक बोलाउन माग गर्दै आवेदन दिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL