Logo

साढे १७ अंकले ओरालो लाग्यो नेप्से परिसुचक, कारोबार रकम साढे १ अर्बमाथी

साढे १७ अंकले ओरालो लाग्यो नेप्से परिसुचक, कारोबार रकम साढे १ अर्बमाथी



काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक १७ दशमलव ५० अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टा केही बढेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकसहित ओरालो लाग्दै १४ सय ३२ को विन्दुमा रोकिएको छ । दोहोरो अंकले नेप्से घट्दा बजारमा होटल र म्युचुअल फण्डबाहेक सबै समुहहरु ओरालो लागेका छन् ।

laxmi

बुधबार होटल समुहको परिसुचक १ सय ३४ अंकले उकालो लाग्दा म्युचुअल फण्ड समुहको परिसुचक शुन्य दशमलव शुन्य ७ प्रतिशतले उकालो लागेको हो । घटेको बजारमा सबैभन्दा बढी गिरावट जिवन बीमा समुहको परिसुचकमा देखिएको छ । बुधबार जिवन बीमा समुहको परिसुचक ७१ अंकले घट्दा निर्जिबन बीमा समुहको परिसुचकमा ५ अंकको गिरावट आएको छ ।

यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक २१ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचकमा २० अंकको गिरावट आएको छ । यस्तै बुधबार माईक्रोफाईनान्स समुहको परिसुचकमा १५ अंकको गिरावट आउँदा अन्य समुहको परिसुचक १४ अंकले ओरालो लागेको छ ।
पछिल्लो समय घटिरहेको बजारमा बुधबार दिनभर विभिन्न १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँ पुगेको छ ।

बजारमा बुधबार ओरियन्टल होटल लिमिटेडको सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ भने हायात होटल, सोल्टी होटल, एनआईसी एशिया लघुवित्त र श्रीराम सुगर मिल्सको सेयरमूल्यमा ६ प्रतिशत बढीको वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL