Logo

सेलपेका ग्राकहकलाई नयाँ सेवा, एपबाटै कोरोना बीमा गर्न सकिने

सेलपेका ग्राकहकलाई नयाँ सेवा, एपबाटै कोरोना बीमा गर्न सकिने



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले कोभडबीमा सुविधाको लागि सेलपे मोबाईल वा वेब एप्लीकेशनमार्फत बीमा खरिद गर्नसक्ने सुविधा उपलब्ध गराएको छ ।

विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमासमेत उक्त भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स कम्पनीसँगको सहकार्यमा कोरोना भाईरस विरुद्ध बीमा सुविधा खरीद गर्न सकिने भएको हो ।

कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको कम्पनीले जानारी दिएको छ । उक्त सेवा अन्तरगत ग्राहकले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन ।

सेलपेका ग्राहकले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड(१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन । उक्त बीमा योजना अन्तरगत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नेछन ।

बिमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी गरेको १२ महिना सम्म कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा बीमा योजनाको सुबिधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । ग्राहकहरुले १ लाख रुपैयाँसम्मको कोरोना भाईरस बिरुद्ध बीमा गराउन सक्नेछन ।

सेलपेमार्फत बिभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, स्वदेश भित्र गरिने रेमिटान्स पठाउन(पाउन, बिमा रकम भुक्तानीलगायतका कार्य गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL