Logo

ग्यापु अनलाइनको फ्रि होम डेलिभरी सर्भिस, यस्ता छन् घरायसी सामग्री

ग्यापु अनलाइनको फ्रि होम डेलिभरी सर्भिस, यस्ता छन् घरायसी सामग्री



काठमाडौं । ग्यापु अनलाइन सपिङले दैनिक उपभोगका अत्यावश्यक सामाग्री सुपथ मूल्यमा घरदैलोसम्म पुर्याउने योजना संचालनमा ल्याएको छ । एक्सल ट्रिपको नयाँ कम्पनीको रुपमा आएको ग्यापु अनलाईनले विश्व अहिले कोरोना भाइरस महामारीको अवस्थामा रहेको बेला नेपालसमेत पूर्ण लकडाउन भए पछि उपभोक्तालाई मध्ये नजर गर्दै ग्यापुले निशुल्क होमडेलिभरीको योजना संचालनमा ल्याएको हो ।

laxmi

लकडाउन (बन्दाबन्दी) को उद्देश्य समाजिक दूरी कायम राख्ने भएकाले काठमाडौं उपत्यकावासी सबै घर भित्रै रहन वाध्य भएपछि पसलसम्म पुगेरै अत्यावश्यक समाग्रीको खरिद गर्नु कठिन र जोखिमपूर्ण भएको अवस्थामा ग्यापुले निशुल्क होमडेलिभरी सेवा संचालनमा ल्याएको हो । ग्यापु अनलाईनमार्फत ग्राहकले ताजा तरकारी र फलफूल, पिउने पानी, खाना पकाउने ग्यास, डिटर्जेन्ट, डिटोल ह्याण्ड वासलगायतका दैनिक उपभोग्य बस्तु प्राप्त गर्न सक्नेछन ।

साथै सो अनलाईनमार्फत ग्राहकले बिभिन्न प्याकेज अन्तरगत (जीरा मसिनो चामल, मसुरोको दाल, आटा (पिठो), सनफ्लावर तेल, डाइजेस्टिभ विस्कुट), सिल्भर प्याक (जीरा मसिनो चामल, रहरको दाल, आटा (पिठो), प्रेमियो लाइट सनफ्लावर तेल, हल्दीराम भुजिया), गोल्ड प्याक (वासमती चामल, प्रेमियो लाइट रिफाइन्ड सनफ्लावर तेल, चक्की आटा (पिठो), बटर बाइट, मसुरोको दाल, सनफ्लावर तेल) तथा (आलु भुजिया, भुजिया मसला।सादा, मुंगको दाल, रसगुल्ला, सोनपापडी) रहेको छ ।

यस अनलाइनमार्फत खरिद गर्ने ग्राहकले इसेवा, फोन पे वा सोझै सामान प्राप्त भईसके पछि नगद प्रदान गर्न सक्ने छ । १ हजार रुपैयाँ भन्दा माथी मात्रैको सामग्री होमडेलिभरी हुने छ । ग्राहकले आफुलाई चाहिने सामग्रीको लागि www.gyapu.com मा लग गर्न वा ९८०१८५५५४९ मा सम्पर्क गरेर अर्डरगर्न सकिने ग्यापुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL