Logo

इसेवाको योजना, जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नेलाई स्मार्टफोन उपहार

इसेवाको योजना, जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नेलाई स्मार्टफोन उपहार



काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार १ सय रुपैयाँ पाउनुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल उपहार स्वरुप पाउन सक्नेछन ।

laxmi

योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार १ सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन ।

योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुने इसेवाले जानकारी दिएको छ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकाले थप प्रोत्साहन गर्न उपहार योजना सञ्चालनमा ल्याएको इसेवाले जानकारी दिएको छ ।

इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL