Logo

टोयोटा डिलर्स मिट २०२० सम्पन्न, सेवा सुधार गरिने

टोयोटा डिलर्स मिट २०२० सम्पन्न, सेवा सुधार गरिने



काठमाडौं । टोयोटा मोटर्सको आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस)द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ ।

laxmi

गत सोमबार पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको उक्त बैठकमा प्रबन्ध निर्देशक रीतु वैद्य लगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य यूटिएसले वर्षौँ देखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो ।

टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL