Logo

नेपाली बजारमा टिभिएस म्याक्स सेमी ट्रेल सार्वजनिक, यस्तो छ बजारमूल्य

नेपाली बजारमा टिभिएस म्याक्स सेमी ट्रेल सार्वजनिक, यस्तो छ बजारमूल्य



काठमाडौं । नेपाली बजारमा टिभिएस म्याक्स सेमी ट्रेल १२५ सीसीको मोटरसाईकल सार्वजनिक गरेको छ । टिभिएसको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टिभिएस ब्राण्डको उक्त श्रृंखला सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काद्वारा संयुक्त रुपमा टिभिएस म्याक्सलाई सार्वजनिक गरिएको हो । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेल पश्चात् उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको भएको हो ।

अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ टेक्नोलोजीमा आधारित मोटरसाईकलले बाटोघाटो जस्तो अवस्थामा भएपनि चलाउन सकिन्छ ।

नेपालको अवस्थालाई मध्यनजर राखेर टिभिएस ब्राण्डको नयाँ १२५ सिसिको म्याक्स मोटरसाइकल उपलब्ध गराईएको कम्पनीले जानकारी दिएको छ ।

यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४ दशमलव ५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।

उक्त बाईक देशभरका टिभिएस शो रुमहरुमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL