Logo

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात

चिलिमेका लगानीकर्तालाई २५ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको आज (सोमबार) बसेको बैंठकले लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने निर्याय गरेको हो ।

laxmi

संचालक समितिले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावलाई कम्पनीको मंसिर ११ गते बस्ने वार्षिक साधारणसभाले पारित गरेसँगै वितरण गर्ने भएको छ ।

कम्पनीले बोनस सेयर वापत ९५ करोड १६ लाख रुपैयाँ र नगद लाभांसका लागि २३ करोड ७९ लाख रुपैयाँ वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL