Logo

विद्युतीय बस खरीदबारे अझै टुङ्गो लागेन, सरकारले रकम उपलब्ध गराए पनि काम भने शुन्य

विद्युतीय बस खरीदबारे अझै टुङ्गो लागेन, सरकारले रकम उपलब्ध गराए पनि काम भने शुन्य



काठमाडौं । यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले टुङ्गो लगाउन सकेको छैन ।

laxmi

सरकारले विद्युतीय बस खरीदका लागि ३ अर्ब रुपैयाँ दिएको ३ महीना बितिसक्दा समेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले स्पष्टीकरण मागेको थियो । तर सरकारले स्पष्टीकरण मागे पनि हाल सम्म कुनै निर्णय भने भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौंमा नभए पछि तत्काल कुनै निर्णय हुन नसकेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताएका छन । उनका अनुसार तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको छ । उनले भने, ‘आज बैठक बसेर केही निर्णय हुने सम्भावना छ, त्यो हुन नसकेमा तिहार सकिनासाथ निर्णय हुनेछ ।’

मन्त्रालयले सकेसम्म छिटो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता ज्ञवालीले बताए । चाँडो खरीद गर्नकै लागि सार्वजनिक खरीद प्रक्रियामा नगएर सरकारले ‘जी टू जी’ ( सरकार–सरकार) माध्यममार्फत गरिएको उनको भनाई छ ।

उनले भने, ‘यो अवधिमा साझाले हामीलाई यी यी कुरा भए भनेर जानकारी गराएको छैन ।’ मन्त्रालयले चाहेजस्तो नतिजा आइनसकेकाले केही दिनपहिले खरीद प्रक्रियाबारे संस्थासँग मन्त्रालयले जानकारी मागेको थियो ।

तर विभिन्न सञ्चारमाध्यममा आए जसरी खरीद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताए । खरिद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उनको भनाई रहेको छ ।

विद्युतीय बस खरीदकै लागि तीनै तहका सरकारले सहकारीको सेयर खरीद गरेका थिए । नेपाल सरकारले ३ अर्ब, प्रदेश ३ ले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको सेयर खरीद गरेका थिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL