Logo

हुण्डाई एक्सचेन्ज योजना बिहीबारदेखि, यस्ता छन अफरहरु

हुण्डाई एक्सचेन्ज योजना बिहीबारदेखि, यस्ता छन अफरहरु



काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई एक्स्चेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारदेखि देशभर लागु हुनेगरी आकर्षक अफरहरु सहित उक्त योजना सार्वजनिक गरेको हो ।

laxmi

बिहीबारदेखि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म लागु हुने उक्त योजनामा गाडी एक्स्चेन्ज, स्पट एक्स्चेन्ज एण्ड भ्यालुएसन, सजिलो फाईनान्स र बीमा तथा आकर्षक नगद छुटको अफर राखिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले उक्त योजनामा लोयल्टी बोनस १५ हजार बराबरको र १ लाख ५० हजार सम्मको एक्स्चेन्ज बोनसका साथै ४ बर्षको निशुल्क सर्भिससम्म पाईने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL