Logo

विद्युतीय बस किन्न साझालाई ३ नम्बर प्रदेशले दियो ३० करोड, ललितपुर महानगरले थप्यो साढे २ करोड

विद्युतीय बस किन्न साझालाई ३ नम्बर प्रदेशले दियो ३० करोड, ललितपुर महानगरले थप्यो साढे २ करोड



काठमाडौं । साझा यातायातलाई विद्युतीय बस खरिदका लागि ३ नम्बर प्रदेशले ३० करोड रुपैयाँ उपलब्ध गराएको छ । साझा सहकारीद्वारा संचालित साझा यातायातसँगको सहकार्यमा विद्युतीय बस संचालनका लागि ३ नम्बर प्रदेश सरकारले उक्त रकम प्रदान गरेको हो ।

laxmi

साझा यातायातमा ३ नम्बर प्रदेश सरकारले उक्त रकम सेयर पूँजीको रुपमा हालेको हो । सो रकम बराबरको चेक ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङेलले कनकमणि दिक्षितलाई हस्तान्तरण गरेका हुन् ।

यसैगरी साझामा ललितपुर महानगरले पनि २ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । ललितपुर महानगरले पनि विद्युतीय बस संचालनका लागि उक्त रकम दिएको हो । यस अघि काठमाडौ महानगरले साझामा लगानी गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्
MBL