Logo

एलिभेटिङ क्यामरासहित भिभोको नयाँ फोन नेपाली बजारमा, मूल्य साढे ५२ हजार रुपैयाँ

एलिभेटिङ क्यामरासहित भिभोको नयाँ फोन नेपाली बजारमा, मूल्य साढे ५२ हजार रुपैयाँ



काठमाडौं । मोबाईल कम्पनी भिभोले आफ्नो नयाँ फोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमै पहिलोपटक एलिभेटिङ फ्रन्ट क्यामेरा सहितको नयाँ फोन सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीले सार्वजनिक गरेको भिभो भि १५ प्रोको मुख्य विशेषता एलिभेटिङ क्यामरा पुर्ण डिस्प्ले तथा ट्रिपल एआई क्यामरा जस्ता आकर्षक विशेषताहरु जडान गरेको छ ।

कम्पनीका अनुसार एलिभेटिङ फ्रन्ट क्यामरा ३२ एमपीको रहेको छ । जसले फेस रिकग्नीसन तथा एआई टेक्नोलोजीमार्फत फेस डिटेक्सन समेत गर्दछ । मोबाईलको डिस्प्लेमा भने कुनैपनि फिचरले बाधा नपुर्याईकन स्क्रीन टु बडी ६ दबमलव ३९ ईन्चको सुपर एमोलेड अल्ट्र फूलभ्यु डिस्प्ले रहेको छ ।

कम्पनीले आफुले ल्याएको नयाँ मोबाईलका ३ ओटा क्यामेरामध्ये ८ मेगापिक्सेलको वाईड एंगल क्यामरा, ५ मेगापिक्सेलको डेप्थ क्यामरा र फोर ईन वान पिक्सेल रहेको मुख्य क्यामराले १२ मेगापिक्सेलको क्षमता राख्छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ फोनको मूल्य भने नेपाली बजारमा ५२ हजार ४ सय ९० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL