Logo

बिहीबारदेखि चेम्बर एक्स्पो, १ दर्जन देशका १९० स्टल रहने

बिहीबारदेखि चेम्बर एक्स्पो, १ दर्जन देशका १९० स्टल रहने



काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले ‘नेपाल चेम्बर एक्स्पो २०१८’ गर्ने भएको छ । निर्यात प्रवद्र्धन, बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यले चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको चेम्बरले जानकारी दिएको छ ।

मेला बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने छ । १ सय ९० वटा स्टल रहने सो मेलामा गुणस्तरीय सामन प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धि गर्न सो मेलाले प्राथमिकता दिने आयोजकले जानकारी दिएको छ ।

मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ ।

५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिएको हायोजकले जानकारी दिएको छ ।

चेम्बरले निकासी अभिबृद्धि उद्देश्य लिई प्रदर्शनी मार्फत निकासी योग्य बस्तुको प्रवर्दन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने जानकारी दिएको छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुने सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगायतका देशहरुको सहभागिता रहनेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL