Logo

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, ४४ स्टलद्धारा फूलको बारेमा जानकारी

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै, ४४ स्टलद्धारा फूलको बारेमा जानकारी



काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । १२ औ संस्करणको रुपमा उक्त प्रदर्शनीको आयोजना गर्न लागेको एशोसिएसनल जानकारी दिएको हो ।

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले कात्र्तिक १५ गतेदेखि १८ गतेसम्म उक्त प्रदर्शनी हुने भएको छ ।
४ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ४४ वटा स्टलद्धारा फुलसम्बन्धि विभिन्न सुचना, जानकारी प्रदर्शन लगायतका कार्यहरु गरिने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये उक्त प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावर बिधालाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने छ ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

उक्त प्रदर्शनी ललितपुरको जावलाखेल मैदानमा हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL