Logo

एलजीको चाडपर्व छुट योजना, सामान खरिदमा नगद छुटसहित आकर्षक उपहार

एलजीको चाडपर्व छुट योजना, सामान खरिदमा नगद छुटसहित आकर्षक उपहार



काठमाडौं । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै एलजीले विशेष चाडपर्व छुट योजना सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त योजना अन्तरगत एलजीको सामानको खरिदमा ३ हजार ६ सय नगद छुट तथा आकर्षक उपहार दिने भएको हो ।

यस्तै कम्पनीको ६५ ईन्च र ५५ ईन्चको टिभीको खरिदमा विशेष छुट दिन लागेको हो ।

त्यसैगरि ४३ र ४५ ईन्चको टिभीको खरिदमा म्याजिक रिमोट र ३ हजार ६ सय सम्म नगद छुटको व्यबस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस्तै एलजी स्मार्ट टिभी र एलईडी टिभी २ बर्षको वारेन्टीका साथ कम्पनीले उपलब्ध गराउने भएको छ ।

त्यसैगरि कम्पनीको म्युजिक सिस्टममा २ हजार ५ सय क्यासव्याक, भ्याकुम क्लिनरको खरिदमा पिज्जा मेकर वा मिक्स ग्राईन्डर, वासिङ मेशिनको खरिदमा सुपर कुकर तथा ड्राई आईरन उपलब्ध गराउने भएको छ ।

साथै कम्पनीले माईक्रो वेभ ओभनको खरिदमा कुकिङ किट र एसी को खरिदमा निशुल्क स्थापना सुविधा ल्याएको छ । कम्पनीले उक्त योजना असोज ११ गतेदेखि सिमित अवधिका लागि मात्रै लागु हुने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL