Logo

सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता, इजीलिंकबाट पठाएको रेमिटान्स सिद्धार्थबाट भुक्तानी

सिद्धार्थ बैंक र इजीलिंकबीच सम्झौता, इजीलिंकबाट पठाएको रेमिटान्स सिद्धार्थबाट भुक्तानी



काठमाडौं । सिद्घार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिटान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्समार्फत कोरिया, जापान, साइप्रस, अमेरिकालगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका १ सय १२ शाखाबाट प्राप्त गर्न सकिनेछ । सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यस सम्झौताले थप सहज बनाउने बताए ।

बैंकले हाल देशभर १ सय ९ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय १० एटीएम र ८०० भन्दा बढी पीओएस मेसिन मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL