Logo

टिभिएसले सुरु गर्याे ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’, ५ हजारसम्मको छुट

टिभिएसले सुरु गर्याे ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’, ५ हजारसम्मको छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ योजनाको घोषणा गरेको छ ।

योजना अन्तर्गत ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटरको खरिदमा उपहार स्वरुप ५ हजार क्यास छुट जित्न सक्ने छ ।

यसका साथै ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा हिराको औंठी जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

यो योजना फेब्रअरी ५ बाट सुरु भएको छ । जुन सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

यता टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने ५ हजार छुट नहुने कम्पनीले जानकारी दिएको छ । उनिहरुलाइ हरेक हप्ता हुने लक्की ड्र मा भने सहभागी गराइने छ ।

त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागी भएर हिराको औंठी जित्ने मौका भने पाउने कम्पनीले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL