Logo

भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक प्रक्षेपण, सिमविना नै मोवाइलबाट सुचना आदानप्रदान

भारतद्वारा सञ्चार उपग्रहको सफलतापूर्वक प्रक्षेपण, सिमविना नै मोवाइलबाट सुचना आदानप्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतले आफ्नो सञ्चार उपग्रह जीसैट (६ए) लाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसका साथै उक्त उपग्रह निर्धारित कक्षमा स्थापना गरेको भारतीय अधिकारीले बताएका छन ।

राज्यको स्वमित्वमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था, इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनको जिओसिन्क्रोनस सेटलाइट भेहिकलले जीसैट (६ए) लाई दक्षिणी अन्तरिक्ष स्टेसन श्रीहरिकोटाबाट स्थानीय समय अनुसार अपरान्ह् ४ बजेर ५६ मिनेटको समयमा प्रक्षेपण भएको थियो ।

प्रक्षेपण गरिएको २० मिनेटमा सञ्चार उपग्रह निश्चित स्थानमा पुगेको एक भारतीय अन्तरिक्ष अधिकारीले बताए । “उपग्रहलाई आफ्नो कक्षमा सफलतापूर्वक स्थापना गर्न हामी सफल भएका छौँ,” अधिकारीले भने ।

यससँगै सिमविना नै भारतभर मोबाइलबाट सूचनाको आदानप्रदान गर्न सकिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL