Logo

चीनको ओबोरलाई भारतको ‘काउन्टर’, जापानसँग मिलेर नयाँ प्रोजेक्ट ल्याउदै

चीनको ओबोरलाई भारतको ‘काउन्टर’, जापानसँग मिलेर नयाँ प्रोजेक्ट ल्याउदै


बिजखबर संवाददाता
0
Shares

भारत र जापानले अफ्रिका,इरान,श्रीलंका र साउथ एसियामा पूर्वाधार परियोजना सञ्चालनका लागि सहकार्य गर्ने भएको छ । जसलाई चीनको वान बेल्ट वान रोड (ओविओआर) को काउन्टर परियोजनाका रुपमा विश्लेषण गरिएको छ । भारतले रणनितीक तथा सुरक्षाका कारण देखाउँदै ‘न्यू सिल्क रोड’बाट टाढा रहन शुरु गरेको हो ।

पूर्वी अफ्रिका, दिल्ली र टोक्योले पूर्वाधार तथा क्षमता निर्माण परियोजनावारे योजना बनाइरहँदा जापानले भने इरानको छाबाहर बन्दरगाह र विशेष आर्थिक क्षेत्र बिस्तारमा भारतसँग सहकार्य गर्ने सोचेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । त्यस्तै पूर्वी श्रीलंकामा दुई राष्ट्र मिलेर ट्रिन्कोमाले बन्दरगाह बिस्तार गर्ने सोच बनाएका छन् ।

साथै थाई म्यानमार बोर्डरको डवेई बन्दरगाह निर्माणका लागि सहकार्य गर्ने भएका छन् । भारत र जापानले मे २४ मा अलग सत्र बैठक सेयर होल्डरहरुसँग बस्ने भएको छ । अहमेदामा हुने बैठकमा संयुक्त परियोजना तथा पूर्वाधारको बारेमा छलफल गरिने छ । जापानको अर्थ राज्यमन्त्रीले सो डेलिगेसनको नेतृत्व गर्ने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL