Logo

सफल हुने रहर छ ?, बिल गेट्स र वारेन बफेट भन्छन् ‘त्यसो भए यो किताब पढ्नुस’

सफल हुने रहर छ ?, बिल गेट्स र वारेन बफेट भन्छन् ‘त्यसो भए यो किताब पढ्नुस’


बिजखबर संवाददाता
81
Shares

बिल गेट्स र वारेन बफेट हाम्रो समयका सबैभन्दा धनी मानिसहरु हुन । दुवैको कुल सम्पत्ति जोड्ने हो भने नेपालकोे १५ बर्षको बजेट तयार गर्न पुग्छ । यी दुवैलाई सफलताको मोडल मान्ने विश्वमा धेरै छन् । त्यसैले यी दुई जनाले बोल्ने कुरामा पनि धेरैको चासो रहन्छ ।

दुवैजना अति अध्ययनशील व्यक्तिका रुपमा पनि चिनिन्छन् । सफलताको जस त्यसैले पनि यी दुईले किताब र अध्ययनलाई पनि दिने गर्छन् ।

सफलताको चाहना राख्नेलाई गेट्स र बफेटको सुझाव छ वित्तीय पत्रकार जोन बु्रक्सको किताब ‘बिजनेस एड्भेन्चर्स’ पढ्न नछुटाउनु । सन् १९६९ मा प्रकाशन भएको यो किताब व्यवसाय कसरी गर्ने, गल्तीबाट कसरी सिक्ने र व्यवसायसँग सम्बन्धित महत्वपूर्ण घटना समेटिएका छन् । गल्तीहरुका उदाहरण दिएर त्यस्ता गल्तीलाई सुधार्न सकिने विषयमा पनि यो किताबमा सुझाव प्रस्तुत गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL