Logo

काेराेना भाईरसकाे महत्त्वपूर्ण तथ्य पत्ता लगाउन लागेका चिनियाँ बैज्ञानिककाे अमेरिकामा रहस्यमय हत्या, किन बढ्दैछ द्वन्द्व ?

काेराेना भाईरसकाे महत्त्वपूर्ण तथ्य पत्ता लगाउन लागेका चिनियाँ बैज्ञानिककाे अमेरिकामा रहस्यमय हत्या, किन बढ्दैछ द्वन्द्व ?



काठमाडौं । अमेरिकामा एक चिनियाँ वैज्ञानिकको गोली प्रहार गरेर हत्या गरिएको छ । पिट्सबर्ग विश्वविद्यालयमा पढाउने उनले कोभिड–१९ को अनुसन्धानको क्रममा निकै महत्त्वपूर्ण तथ्य पत्ता लगाउनै लागेका बेलामा गोली हानेर हत्या गरिएको हो ।

laxmi

बिङ लिउ नामक ती रिसर्च असिस्टेन्ट प्रोफेसरलाई शनिबार उनकै सहरमा टाउको, घाँटी, कम्मर र हातमा गोली हानिएको प्रहरी विभागले जानकारी दिएको छ । पहिचान नखुलेका एक व्यक्ति आफ्नो गाडीमा मृत अवस्थामा फेला परेका थिए । उनैले लिउको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

पिट्सबर्ग विश्वविद्यालयले बिङ लिउको मृत्युबाट गहिरो धक्का लागेको र उनी प्रतिभाशाली अनुसन्धानधाता तथा सहकर्मी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL