Logo

भारतको चन्द्रयान २ सम्पर्कबिहीन, प्रधानमन्त्री मोदी द्धारा सम्पर्कमा आउने विश्वास

भारतको चन्द्रयान २ सम्पर्कबिहीन, प्रधानमन्त्री मोदी द्धारा सम्पर्कमा आउने विश्वास



काठमाडौं । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु¥याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डर सम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो) का प्रमुख के. सिभनले बताए ।

उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबार राति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।

इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो । तर अवतरण नहुदै भारतको समय अनुसार राती १ . ५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ । यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो ।

यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान—१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो । योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए ।

उनले भारतीय बैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरब गर्दै सम्पर्कविहिन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्वीटरमार्फत् व्यक्त गरेका छन । रासस सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL