Logo

४ लाख एजेन्टलाई पछिपार्दै भण्डारी बने २०७४ को उत्कृष्ट अभिकर्ता, लगातार ३ बर्ष उत्कृष्ट

४ लाख एजेन्टलाई पछिपार्दै भण्डारी बने २०७४ को उत्कृष्ट अभिकर्ता, लगातार ३ बर्ष उत्कृष्ट



काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा अन्जन भण्डारी वर्ष अभिकर्ता बन्न सफल भएका छन ।

लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी) मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले सबै भन्दा बढी प्रिमियम संकलन गरेका हुन ।

एलआईसीको २१ शाखाहरुमध्ये सबैभन्दा धेरै प्रिमियम संकलकन गर्ने अभिकर्ता बनेको भण्डारीले यसअघि पनि लगातार दुई बर्ष उत्कृष्ट अभिकर्ताको सम्मान लिइ सकेका छन ।

भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै २०७४ को उत्कृष्ट अभिकर्ता बन्न सफल भएका हुन् । कडा मिहिनेत र परिश्रमले नै सफलता प्राप्त गरेको भण्डारीले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL