Logo

गौतमबुद्ध विमानस्थलमा अवरोध गर्ने अर्घाखाँची सिमेण्टलाई प्राधिकरणको चेतावनी, संरचना हटाउन अटेर गरे कानुनी कारबाही गर्छौै

गौतमबुद्ध विमानस्थलमा अवरोध गर्ने अर्घाखाँची सिमेण्टलाई प्राधिकरणको चेतावनी, संरचना हटाउन अटेर गरे कानुनी कारबाही गर्छौै



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधकरण अर्घाखाँची सिमेन्टको चिम्नी लगायतका संरचना हटाउन कानुनी प्रक्रियामा जाने भएको छ ।

laxmi

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षालाई असर पुर्याउने गरी निर्माण गरिएकोे अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीलगायत उद्योग संरचना हटाउन कानुनी प्रकृयामा जान लागिएको प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले जानकारी दिएका छन ।

प्राधिकरणले गत चैतमा उक्त संरचना हटाउनको लागि उद्योगलाई पत्र काटेको थियो । तर, उद्योग संचालकले शक्तिको आडमा अटेर गरी उद्योगको संरचना नहटाएपछि कानुनी उपचारमा जाने तयारी भएको पोखरेलले बिजखबरलाई जानकारी दिए ।

उनले भने, ‘उद्योगको संरचना ‘अब्स्ट्याकल लिमिटेशन सर्भिस’ भित्र पर्छ भने त्यसलाई उहाँहरुले हटाउनु पर्छ जसका लागि हामीले पत्र समेत काटिसकेका छौं,’ उनले भने, ‘अहिलेसम्म हटाउनु भएको जानकारीमा आएको छैन अब सरकारले कानुनी प्रकृया पुरा गरेर हटाउँछ, त्यसमा कुनै सन्देह छैन ।’

सिमेन्ट उद्योगको संरचनाका कारण विमानस्थलको संचालनलाई नै अवरुद्ध हुन दिन नमिल्ने पोखरेलको भनाई रहेको छ । ‘हामीले उद्योगको चिम्नीलगायत अन्य संरचना हटाउन बारम्बार पत्र पठाईरहेका छौं उहाँहरुले मान्नु भएको छैन,’ उनले भने, ‘अब हामी कानुनी प्रक्रियामै गएर भए पनि त्यसलाई हटाएरै छाड्नेछौं ।’ साथै भोलिका दिनमा राज्यले कानुनी प्रक्रियाबाट त्यसलाई हटाउनको लागि जुनसुकै उपाय अपनाउने समेत उनले जानकारी दिए । ’

उद्योगले संरचना नहटाएकै कारण अन्तरराष्ट्रिय उडानको रुट डिजाईनमा समेत समस्या परेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटबाटै सो विमानस्थलको रनवे पीच भैसकेकाले अन्तरराष्ट्रिय विमान अबतरणको लागि बैकल्पिक विमानस्थल तयार भएको बताएको थियो । तर, अर्घाखाची सिमेण्टले उद्योगको संरचना हटाउन अटेर गर्दा सबै विषय अन्यौलमा परेको छ ।

प्राधिकरणले महानिर्देशक स्तरीय निर्णय गर्दै उक्त उद्योगको प्रि हीटर ४० मिटर घटाई केही संरचना समेत हटाउन निर्देशन दिएको थियो । तर, उद्योगका लगानीकर्ताले शक्ति र पहुँचको आडमा उक्त संरचना हटाउन अटेर गर्दै आएको पाइएको छ । गौतमबुद्ध विमानस्थल जस्तोको हकमा रनवेको ४ किलोमिटर वरपर ४५ मिटरभन्दा अग्लो संरचना भएको अवस्थामा कुनै पनि उडान गर्नु उच्च जोखिम मानिन्छ । तर अर्घाखाँची सिमेन्टको प्रि हिटरको उचाई ३ हजार २ सय मिटरको दुरीमा १ सय मिटर भन्दा अग्लो रहेको छ ।

केही समय अघि विमानस्थलले रनवेबाट ४ किलोमिटर वरपर कुनै पनि भौतिक संरचना बनाउन नदिन र यस अघि भएका संरचना समेत हटाईदिनका लागि सम्बन्धित जिल्लाको नगरपालिका तथा गाउँपालिककालाई समेत पत्र काटेको थियो । साथै सडक तथा भवन निर्माण डिभिजन कार्यालयलगायत सम्बन्ध निकायलाई समेत उक्त पत्र काटिएको थियो । तर, उद्योग संचालकले भने शक्तिको आडमा हालसम्म उक्त संरचना हटाउन अटेर गर्दै आएको सम्बद्ध निकायहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL