Logo

मेलम्चीका मजदुरले पाउने भए ८ करोड बक्यौता तलब, आपूर्तिकर्ताको साढे १६ करोड भने नदिईने

मेलम्चीका मजदुरले पाउने भए ८ करोड बक्यौता तलब, आपूर्तिकर्ताको साढे १६ करोड भने नदिईने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सुरु हुने भएसँगै मेलम्चीमा कार्यरत मजदुरहरुले समेत आफ्नो बाँकी तलब पाउने भएका छन ।

laxmi

आयोजना प्रमुख सुर्यराज कंडेलका अनुसार ईटालिएन कम्पनी सिएमसीले मजदुरहरुलाई करिब ८ करोड रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ । सिएमसीले उक्त रकम नबुझाई भागे पछि धरौटी रकमबाट कट्टा गरी भुक्तानी गर्ने तयारी भईरहेको कंडेलले बताए । ‘मानवता हराएको छैन कामदारले पसिनाको मूल्य पाउनु पर्छ,’ उनले भने, ‘तसर्थ हामीले कामदारको ज्याला भने भुक्तानी गर्न लागेका हौं ।’

आयोजनाले श्रमिकहरुले पाउनुपर्ने बाँकी तलब रकम दिने भए पनि आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ताको रकम भने दिन नसक्ने जानकारी दिएको छ । ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) लाई मात्र १६ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । तर सो विषयमा आफुहरुलाई कुनै जानकारी नभएको कंडेलले जानकारी दिएका छन ।

‘स्थानीय ठेकेदारले के कति रकममा मूल्य निर्धारण गरेको छ त्यो हाम्रो चासोको विषय होईन र हामीले किन यतिमा खरिद बिक्री गरेको भनेर पनि भन्न मिल्दैन,’ उनले भने, ‘ब्यापार गरेपछि घाटामा गयो भनेर सरकारले ब्यहोर्नु पर्छ भन्ने हुँदैन तसर्थ यसमा आयोजनाले केही गर्न सक्दैन ।’

यसरी अघि बढाईदैछ अबको काम

सरकारले आयोजनालाई अगाडी बढाउन मन्त्रिपरिषदबाट निर्णय गराएसँगै नयाँ ठेक्कामार्फत जाने तयारी भईरहेको आयोजना प्रमुख कंडेलले जानकारी दिएका छन ।

तर सरकारले निर्णय गराए पनि एशियाली बिकास बैंक (एडीबी) को सहमति चाहिने भए पछि सबै कागजपत्र एडीबीमा पठाई सकेको र एक दुई दिनमानै सहमति आउने सम्भावना रहेको समेत उनले जानकारी दिए । सहमति आए पछि मात्रै आयोजनाले काम अगाडी बढाउन सकिन्छ तर एडीबीको सहमति बिना केही पनि गर्न नसकिने उनको भनाई थियो ।

एडीबीले सहमति आए पछि मात्रै उक्त आयोजनाको बाँकी काम अघि बढाउन टेण्डरमा जाने आयोजनाको तयारी रहेको छ । आयोजनाले भने मुख्य दुई ठेकेदारमार्फत काम अगाडी बढाउने तयारी भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL