Logo

मन्त्रिपरिषदको निर्णयसँगै काठमाडौंमा आउने भयो मेलम्चीको पानी, मल्टिपल प्याकेजमा टेण्डर गर्दै आयोजना

मन्त्रिपरिषदको निर्णयसँगै काठमाडौंमा आउने भयो मेलम्चीको पानी, मल्टिपल प्याकेजमा टेण्डर गर्दै आयोजना



काठमाडौं । लामो समय देखी अन्यौलमा रहेको मेलम्ची खानेपानी आयोजना अगाडी बढ्ने भएको छ । मेलम्ची खानेपानी आयोजना प्रमुख सुर्यराज कंडेलले भने मेलम्चीलाई आयोजनाकै माग अनुसार अगाडी बढाउन मन्त्रिपरिषदले निर्णय गरिसकेको बताएको छ ।

laxmi

उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेको छ भनेर जानकारी सम्म पाएको छु तर आधिकारीक रुपमा अहिले सम्म कुनै जानकारी आएको छैन ।’ सायद एक दुई दिनमा जानकारी आउला प्रमुख कंडेलले भने ।

मेलम्चीलाई मुख्य २ ठेकेदार मार्फत काम गर्ने गरी कागजपत्र समेत तयार गरी सकेको छ । आयोजनाले कुन काम कतिखेर गर्ने, कति जनशक्ति आवश्यक पर्छ लगायतका कामहरु सबै तयार भईसकेको र मन्त्रालयबाट जानकारी पाए पछि बोल कबोल (टेण्डर) गर्ने प्रकृयालाई अगाडी बढाउने बताएको छ ।

आयोजनाले फास्ट ट्रयाक मार्फत अगाडी बढाउने गरी नै निर्णय भएको समेत जानकारी दिएको छ । आयोजनाले भने मन्त्रिपरिषदको निर्णय नआए सम्म एउटै प्याकेजमा जानेकी मल्टिपल प्याकेजमा जाने भनेर दुबै प्रकृयालाई खुला राखेको थियो । तर अव मन्त्रिपरिषदको निर्णय आए पछि मल्टिपल प्याकेजमा जाने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका अनुसार एउटै प्याकेजमा जाँदा मेलम्चीको पानी काठमाडौं आईपुग्न करिब ३ बर्ष भन्दा माथी समय लाग्ने देखिए पछि मल्टिपल प्याकेज मार्फत जाने तयारी गरेको हो । उक्त प्रकृया मार्फत जाँदा काठमाडौंबासीलाई एक बर्ष भित्रै पानी वितरण गर्न सकिने आयोजना प्रमुख कंडेलले बिजखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार उक्त आयोजनाको बाँकी काम अब पुनः सुरुबाटै गर्नु पर्ने भएकाले १ बर्षको समय लाग्ने भएको हो । सिएमसीले छोडे पछि तत्कालै काम सुरु गरेको भए उक्त आयोजना सम्पन्न भएर यति बेला काठमाडौंबासीको धारामा पानी आईसक्ने थियो कंडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL