Logo

एक हप्ता भित्र मेलम्चीको नयाँ टेण्डर, मन्त्रीको मोह हिमालको पानीमा

एक हप्ता भित्र मेलम्चीको नयाँ टेण्डर, मन्त्रीको मोह हिमालको पानीमा



काठमाडौं । लामो समय देखी अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाको काम अघि बढ्ने भएको छ । इटालिएन कम्पनी सिएमसीले छोडेर गए पछि अलपत्र बनेको सो आयोजना ठेक्का मार्फतनै अगाडी बढ्ने भएको हो ।

laxmi

आयोजनाले ठेक्का प्रकृयामा जानको लागि २ ओटा विकल्पलाई रोजेको छ । तर आयोजनाले रोजेको विकल्पमाथी भने अझै टुङ्गो लागि सकेको छैन । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार अबको एक हप्ता भित्रै निर्णय गरी ठेक्का प्रकृयामार्फत काम सुरु गर्ने भएको छ ।

आयोजनाले भने ग्लोबल टेण्डरमा जानेकी आन्तरिक टेण्डरमा जाने भनेर अहिले सम्म मन्त्रिपरिषदले निर्णय नदिएकाले काम रोकिएको बताउँदै आएपनि अब भने एक हप्ता भित्रै सो विषयमा टुङ्गो लाग्ने भएको छ ।

हाल सो आयोजनाको पाईप डाईभर्सनलगायतका केही काम मात्रै बाँकी रहेको छ । तर आयोजनाले भने मुख्य नदिमा अस्थाई बाँध बाँधी काठमाडौंबासीलाई पानी वितरण गर्ने गरी काम अगाढी बढाउने जानकारी दिएको छ ।

ठेक्का लागे पछि पनि सो आयोजना भित्र एकले अर्कालाई प्रभावित नहुने गरी काम गरेको खण्डमा छिट्टै मेलम्चीको पानी काठमाडौं आईपुग्ने छ । तर काम गर्दा एउटा आयोजनाले अर्का आयोजनालाई प्रभावित भएको वा पारेको खण्डमा भने पानी आउन ढिला पनि हुन सक्छ आयोजनाका प्रवक्ता पन्तले भने ।

आयोजनाले यस अघिनै अप्रिल पहिलो हप्तामै बोल कबोल (टेण्डर) गर्ने तयारी गरेको थियो तर मन्त्रालयले निर्णय दिन ढिला गरे पछि काम रोकेको बताए ।

तर मन्त्री विनामगर भने आयोजनाको काम छोडेर हिमालको पानी विदेश निर्यात गर्ने तर्फ लागि रहेका छन । पछिल्लो समयमा मेलम्चीलाई वेवास्ता गर्दै हिमालको पानी निर्यात गर्ने तर्फ मन्त्री मगर अग्रसर देखिन्छन । तर खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले भनेको जस्तो अहिलेनै पानी निर्यात नहुने बताउँछन ।

उनले भने, ‘प्रारम्भिक चरणको छलफल मात्रै हो खाडीमुलकबाट आएका केही प्रतिनिधिसँग कुरा भएको हो, तर त्यसको लागि निक्कै समय लाग्छ ।’ मेलम्चीको वेवास्ता गर्दै हिमालको पानी बेच्न मन्त्रालय लागि परेको हो भन्ने प्रश्नमा सुवेदीले भने, त्यस्तो होईन हाम्रो पहिलो प्राथमिकता मेलम्चीलाईनै हो । तर केही त्यस्ता कुरा छन जस्लाई मिलाउन केही समय लागेकाले पछि परेको मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्
MBL