Logo

दशैं अघि संचालनमा ल्याउन लागिएको आर्क ब्रीज खानेपानी विवादले पुनः रोकियो, कहिले आउँछ संचालनमा ?

दशैं अघि संचालनमा ल्याउन लागिएको आर्क ब्रीज खानेपानी विवादले पुनः रोकियो, कहिले आउँछ संचालनमा ?



काठमाडौं । खानेपानी विवादका कारण निर्माणाधिन धोविखोलाको दक्षिणपट्टीको नेटवर्क आर्क ब्रिजको काम शतप्रतिशत सम्पन्न भईसक्दा पनि संचालनमा ल्याउन सकिएको छैन । खानेपानी विवादले सो पुलको लागि एप्रोच रोडको काम गर्न नपाउँदा पुल संचालनमा कठिनाई भएको हो ।

एप्रोच रोडमा खानेपानीको पाईप भएका कारण पुलको निर्माणमा ढिलाई भएको हो । सो उपत्यका सडक सुधार आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पहिले उक्त पाईपको मुख्य चावि नचाहिने र पुरेपनि हुने भनेपछि उक्त पाईप पुर्न लागेको थियो । तर, काम अघि बढाएपछि खानेपानीले सो चावी चाहिने भन्दै समस्या सिर्जना गरेपछि काम नै रोक्नु परेको हो ।

उनका अनुसार केयुकेयलले उक्त पुल बनाउँदासम्म मेलम्चीको पानी काठमाडौंमा आईसक्ने आँकलनका आधारमा उक्त लाईन नचाहिने भनेको थियो । तर पुलको एप्रोच बनाउँदासम्म पनि मेलम्चीको पानी नआउँदा हाल पहिलेकै लाईनबाट पानी वितरण गर्नुपरेकाले उक्त लाईनको आवश्यकता भएको बताएको हो ।

तर केयुकेयलले भने उक्त लाईनको लागि वैकल्पिक लाईनबाट हाल पानी वितरण गरिँदै आएको जानकारी दिएको छ । तर पुल निर्माणमा खानेपानीको पाईपले काममा ढिलाई भयो भन्नु बेकार भएको केयुकेयलले जानकारी दिएको छ ।

केयुकेयल बानेश्वर शाखाका शाखा प्रमुख डोलप्रसाद चापागाईँले भने पाईप पुरेपनी हुन्छ भनेर आफुले निर्देशन नदिएको बताए । ‘बरु अन्य लाईनको ब्यवस्था अर्थात पुल माथिबाट मिल्छभने लाईन राखिदिन भनेर बेलाबेलामा पत्राचार गरेपनि उहाँहरुले नसुनेझै बरु हाम्रो मेन लाईन अर्थात चावी नै पुरिदिनुभएको छ,’ उनले भने, हालका लागि उक्त लाईनको बैकल्पिक लाईनबाट पानी वितरण गर्दै आएका छौ, हामीलाई उक्त पाईपले काममा ढिलाई भयो भनेर कुनै पत्राचार भएको छैन ।’

यस्तै उनले मेलम्ची खानेपानीको पाईप विछ्याउने क्रममा उक्त पुलको बबरमहलपट्टी पाइपको मेन लाईन बनाइएको छ । पाईपकै कारण काममा ढिलाई भएको भन्दै पुल निर्माण पक्षले काममा आलटाल गरिरहेको छ भने आफुलाई पत्राचार नै नभएको भन्दै खानेपानी लिमिटेडले कुनै कदम चालेको छैन । तर उक्त पुल निर्माणा आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर श्रेष्ठ भने १÷२ महिनामा काम पुर्ण हुने बताउँछन ।

धोविघाटको दक्षिणपट्टी उक्त पुलको जेई कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । २०७४ माघमै काम सम्पन्नगरिसक्नुपर्ने उक्त पुलको काम हाल एकपट्टीको ९९ प्रतिशत भएपनि एक पट्टीको भने फाउन्डेशनको काम भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL