Logo

१५० निर्माण कम्पनी कारबाहीमा, मन्त्री महासेठ भन्छन्, ‘सिण्डिकेट हटाउन गृह मन्त्रीसँग मेरो मनमुटाव छैन’

१५० निर्माण कम्पनी कारबाहीमा, मन्त्री महासेठ भन्छन्, ‘सिण्डिकेट हटाउन गृह मन्त्रीसँग मेरो मनमुटाव छैन’


रासस
27
Shares

विराटनगर । सडक तथा पुल निर्माणमा ढिलाइ गर्ने देशभरका डेढ सयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् ।

हालम्म देशभरका १ सय ५० निर्माण कम्पनीलाई कारबाही गरिनुका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइइको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए ।

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाइ अब अन्त्य हुने बताउँदै उनले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्द गरिने उनको दाबी थियो ।

यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रमा निर्माण भइरहेका बाहेकका सडकलाई सुधार गरिने बताए । ‘सर्वोच्च अदालतको आदेशका कारण सडक निर्माण कार्यमा केही ढिलाइ भएको छ,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL