Logo

सुरुङ मार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन सुरु, असार १६ भित्र प्रतिवेदन आउने

सुरुङ मार्ग निर्माणका लागि सम्भाब्यता अध्ययन सुरु, असार १६ भित्र प्रतिवेदन आउने


रासस
0
Shares

काठमाडौं । म्याग्दीको विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पुर्याउनका लागि सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । सुरुङ मार्ग निर्माण सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको छ ।

२ नं वडामा पर्ने लुलाङ देखि गुर्जासम्म सुरुङ मार्ग निर्माणका लागि स्ट्रेन्थ डेभलपर्स प्रा.लिले स्थलगत अध्ययन शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताएका छन ।

सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र प्रा.लिबीच ४ लाख ९४ हजार रुपैयाँमा सम्झौता भएको छ । असार १६ गतेभित्र अध्ययन प्रतिवेदन आउने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भूगर्वविद्को टोलीले सुरुङ मार्गको भौतिक, आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय विषयमा अध्ययन गरेर प्रतिवेदन दिनेछ ।

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट ३ हजार ५ सय मिटर उचाइको देउराली धुरी पार गर्दै कम्तीमा ८ घण्टा पैदल हिँड्नुपर्छ ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङ मार्गको परिकल्पना गरिएको वडाध्यक्ष झक बहादुर छन्त्यालले बताएका छन ।

सवारी साधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ । सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चर मार्फत सामान ढुवानी गर्दा प्रति किलो २१ रुपैयाँ लाग्छ ।

२३० घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडीबुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL