Logo

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्यो, पुरा होला त पर्यटनमन्त्रीको घोषणा ?

निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्यो, पुरा होला त पर्यटनमन्त्रीको घोषणा ?



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ ।

बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो ।

लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कोरियन कम्पनलीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदनअनुरुपका कार्य अघि बढाउन सकेको थिएन ।

सरकारले घोषणा गरेको राष्ट्रिय गौरबको परियोजनाको रुपमा घोषित दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १०० दिने कार्ययोजनामा पनि राष्ट्रिय गौरबका पाँच आयोजनामध्ये निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल मुख्य प्राथमिकतामा परेको छ ।

राष्ट्रिय गौरबका आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्री अधिकारीले निजगढ विमानस्थलको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गराउने, विमानस्थलका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन गर्ने र विमानस्थल निर्माणको नमूना तय गर्ने उल्लेख छ ।

अन्य आयोजनामा गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल, पोखराक्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता तथा पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषको कामलाई प्रभावकारी बनाइने मन्त्री अधिकारीले प्रतिबद्धता जनाएका थिए ।

उनले मन्त्रालयको पदबहालीका क्रममा निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आफ्नो मात्र नभई राज्यकै प्राथमिकता रहेकाले शीघ्र निर्माण कार्य अघि बढाउने उद्घोष समेत गरेका थिए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL